Tuesday, January 26, 2016

How get your driving licence back after drink driving conviction in Nepal? (in Nepali)

मादक पदार्थ सेवन अर्थात मापसेमा परेको लाइसेन्स कसरी फिर्ता लिने ?

- कारबाहीमा परेको चिट लिएर बग्गीखाना पुग्नुस । मुख्यद्वारसँगै रहेको कोठामा चिट देखाएर आफनो विवरण टिपाउनुहोस् र दस्तखत गर्नुहोस्।


- त्यसपछि प्रतिक्षालयमा गएर बैंकको भौचर भर्नुस् । त्यहाँ सहयोगी पनि छन्, भौचर भर्ने धेरै चिन्ता नलिनुहोस् ।
- अब त्यहाँबाट नजिकै अर्को विल्डिङमा रहेको ग्लोबल आइएमइको काउण्टरमा गएर चिट र भौचर देखाएर १ हजार रुपैयाँ जम्मा गर्नुहोस् ।
- कहिलेकाही लाइन निकै लामो हुन्छ, त्यसैले धैर्य गर्नु आवश्यक हुन्छ । यी सबै प्रक्रियामा तपाईको १ देखि डेढ घण्टा समय जान सक्छ ।
- यसपछि अब पालो तपाईंको एक घण्टे क्लासको हो । यसका लागि दिनको ३ सिफ्ट (११ बजे, १ बजे र ३ बजे) कक्षाका लागि समय छुट्टयाइएको छ ।
कक्षा सुरु हुनअघि समयमै पुग्नुस, गेटमा बसेका ट्राफिक प्रहरीलाई आफ्नो आइडीकार्ड देखाउनुस, चिट र भौचर दिनुस् र क्लासमा पस्नुस् । ढिलो पुग्नुभयो भने कक्षामा उभिएरै १ घण्टा बिताउन पनि पर्न सक्छ ।
- अब कक्षा सकिएपछि ट्राफिक प्रहरीले तपाईको नाम बोलाउँछन्, आफनो नाम आएपछि जानुस्, हस्ताक्षर गर्नुस्, र काउण्टर नम्बर ५ मा गएर लाइसेन्स लिन लाइन बस्नुस् ।
- चिट बुझाएर नाम बोलाउने पालो कुर्नुस् । समय निकै लाग्छ, धैर्य गर्नुस् ।

यी सबै प्रक्रियाका लागि ३ घण्टा जति समय पनि लाग्न सक्छ । त्यसैले तपाईको एक दिन मापसे कारबाहीमा परेपछि लाइसेन्स लिने प्रक्रियामा सकिन्छ । ध्यान पुर्‍याउनुहोला ।

सन्तोषराज पोख्रेलको कान्तिपुर दैनिकमा लेखिएको लेखवाट साभार ।

No comments: